०२ साउन २०८३, शनिबार

अति संवेदनशील जिल्ला धादिङमा मतगणना सुरु

मंसिर २१, २०७४
अति संवेदनशील जिल्ला धादिङमा मतगणना सुरु

धादिङ,२१ मंसिर –  निर्वाचन आयोगले अति संवेदनशिल जिल्लाको सूचीमा राखेको धादिङमा कडा सुरक्षा निगरानी व्यवस्था गरि मतगणना सुरु भएको छ । गत मंसिर १० गते भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यललय धादिङले जनाएको छ ।
धादिङ क्षेत्र न १ को जिल्ला भूसंरक्षण कार्यालयको तालिम हलमा र क्षेत्र न २ को जिल्ला समन्वय समितिको सभाहल मतगणना सुरु गरीएको  छ । मतगणनाका लागि प्रत्येक केन्द्रमा १२ जना दरले एक पटकमा ४८ जना कर्मचारीको ब्यबस्थापन गरिएको छ । धादिङ जिल्लामा दुईलाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा १ लाख ५६ हजार ३ सय ८५ जनाले मात्र मतदान गरेका थिए ।
दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको धादिङका २७५ मतदान केन्द्रका ८२५ मतपेटिका रहेका छन् । 
मतगणनास्थलमा मोवाईल , क्यामरा लगायत लैजान कर्मचारी लगायत सवैलाई प्रतिवन्ध गरिएको छ , पत्रकारहरुलाई निश्चित समयअवधी तोकेर प्रवेश दिइने प्रमुख निर्वाचन अधिकृत कोईरालाले बताए । मतगणना स्थलमा आवस्यक निगरानीका लागी सिसि टिभी पनि जडान गरीएको छ ।

salt training

कमेन्ट गर्नुहोस्