२६ जेठ २०८३, मंगलबार

डडेलधुरामा देउवासँग पराजित सागर ढकाल भन्छन्- रुपन्देही ३ मा इतिहास रच्न तयार हुनुहुन्छ ?

असार १७, २०८२
बुटवल
डडेलधुरामा देउवासँग पराजित सागर ढकाल भन्छन्- रुपन्देही ३ मा इतिहास रच्न तयार हुनुहुन्छ ?

आगामी कात्तिक १७ गते रुपन्देही ३ को उपचुनावमा सागर ढकालले उम्मेदवारी दिने संकेत गरेका छन् ।

ढकालले मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत ‘रुपन्देही ३- नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै स्टाटस लेख्दै यस्तो संकेत गरेका हुन् ।

उनी २०७९ सालको निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा भिडेका व्यक्ति हुन् । उनले राम्रो मत ल्याए पनि पराजित बने । 

त्यसपछि केही समय विदेशिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन् । 

केही समययता उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग नजिक देखिन्छन् । गत जेठ ५ गते रास्वपा सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठसँग सिंहदरबार छिरेका थिए ।

उनीहरूले त्यहीँबाटै फेसबूक लाइभ गरेका थिए । ढकालले त्यतिबेलै निर्वाचनमा उम्मेदवार बन्ने बताएका थिए भने, सुमनाले जिताउनका लागि आह्वान गरेका थिइन् ।

अहिले आएर आसन्न उपनिर्वाचनमा उनी रास्वपाबाट रुपन्देही ३ मा उम्मेदवार बन्ने चर्चा चलेको हो । उनी स्वतन्त्र हो वा रास्वपाबाट भन्ने टुंगो लागेको छैन ।

null

salt training

कमेन्ट गर्नुहोस्