
नर्वे र युक्रेनले आपसी सहयोग विस्तार गर्ने उद्देश्यले एक महत्वपूर्ण स्वास्थ्य साझेदारी सम्झौता गरेका छन् । नर्वे सरकारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी उल्लेख गरिएको छ।
उक्त सम्झौता यसै साता युक्रेनको राजधानी किभमा सम्पन्न भएको हो । नर्वेका स्वास्थ्य मन्त्री जान क्रिस्टियन वेस्ट्रे र युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लियाश्कोले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । मन्त्री वेस्ट्रे हाल युक्रेनको औपचारिक भ्रमणमा छन् ।
स्वास्थ्य साझेदारीमार्फत दुवै देशका स्वास्थ्य सम्बन्धी निकाय, शैक्षिक संस्था तथा चिकित्सकहरूबीच अनुभव आदानप्रदान, तालिम र समन्वयका विविध कार्यक्रमहरू संचालन गरिनेछ।
मन्त्री वेस्ट्रेले सहकार्यबाट दुवै मुलुक लाभान्वित हुने विश्वास व्यक्त गरे ।