![विनाशकारी बाढीले तहसनहस टिमुरे भन्सार क्षेत्र [हेर्नुहोस् ड्रोन तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/rasuwa_badhi_final_01VOYQOnJE.jpg)
मंगलबार बिहान तीब्बत क्षेत्रबाट आएको बाढीले नेपाल-चीन जोड्ने रसुवा नाका तहसनहस बनाएको छ । बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित बाढीले टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको हो ।

बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ भने २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ ।
स्याफ्रुबेसीदेखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

नेपाल प्रहरीका अनुसार बाढीमा परेकामध्ये ९ जनाको शव फेला परेको छ । अझै १९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् ।




















तस्वीरहरू : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी