३० जेठ २०८३, शनिबार
कोदोको व्यञ्जनमा विविधता

मौलिक स्वाद र सुगन्धमा कोदोको पिज्जा कसरी बनाउने ? [विधिसहित]

असार २८, २०८२
काठमाडौं
मौलिक स्वाद र सुगन्धमा कोदोको पिज्जा कसरी बनाउने ? [विधिसहित]

कोदो नेपाली समाजमा हेपिएको बालीका रूपमा चिनिन्छ। कोदो एसिया र अफ्रिका महादेशमा विभिन्न प्रजातिमा पाइन्छ। कोदो यसको कठोरता, खडेरी प्रतिरोध र पौष्टिक मूल्यका लागि परिचत छ । यसले मानव र पशु पोषणमा प्रमुख भूमिका खेल्छ। कोदो एक घाँस प्रजातिको बाली हो । पोषण र शक्तिगृहको रूपमा कोदो सबैलाई फाइदा पुर्‍याउने अन्न हो ।

कोदो प्रोटिन, फाइबर, विभिन्न भिटामिन र खनिजको स्रोतका रूपमास प्रसिद्ध छ । यसको प्रयोग हजारौं सालदेखि एसिया र अफ्रिकामा प्राचीन समयदेखि नै छ । खडेरी र गर्मीको तनावसहित चुनौतीपूर्ण वातावरणमा फस्टाउन सक्ने क्षमताका लागि परिचित अन्न हो । कोदो सुख्खा क्षेत्रमा उपयुक्त बाली हो । मोती, औँला, फक्टेल, प्रोसोलगायत धेरै प्रजातिको कोदो प्रचलित छन्।

बर्सेनी शहर, गाउँकै खाने रहर भने झै गाउँ गाउँबाट कोदो संकलन गरेर विभिन्न परिकार बनाएर पस्कने प्रचलन बढेको छ । व्यावसायीक रूपमा कोदोको कुकिज, कोदोको मफिन, केक, पिज्जा, रोटी, बाबर, सेलरोटी, फुरौला मात्र होइन बाबर निम्की र ढिँडो सेटसम्म पस्कन थालिएको छ। हिमाली जिल्लामा कोदोको तोम्बा र स्थानीय घरेलु मदिरासम्म सबैले रुचाएको पेय पदार्थ हो ।

कुनै समय कोदोलाई हेपिएको बालीको रूपमा गाई बस्तु र कुखुरालाई चारोको रूपमा प्रयोग गरिन्थ्यो । कुनै समय घरमा कोदोको ढिडो बनाएको छ भनेपछि नाक खुम्च्याउनेहरू अहिले खोजी खोजी महँगो मूल्य तिरेर खाने गरेका छन्। बजारमा कोदोको बिस्कुटसम देख्न थालिएको छ । कोदो कालो रङ्गको हुने हुँदा पनि धेरैले हेप्ने र खान नरुचाउने हुन्छ तर, कोदो सेतो रङ्गमा पनि प्रशस्त उत्पादन हुन्छ ।

भनेजस्तो मिल्ने तरकारी र चट्ट परेको अचार छ भने कोदोको ढिँडो जत्तिको स्वादिष्ट परिकार अरू कुनै हुँदैन । कोदोको पिठोमा तिते फापरको मिठो मिसाएर बनाएको ढिँडो त झन् अमृत सरह मानिन्छ । कोदोको भुङ्रे रोटी त झन् अहिले पनि गाउँ घरमा अझै लोकप्रिय छ। कोदोको ढिँडोको माम्री दूधसँग अझै पनि हारालुछ गरेर खानेहरू अझै भेटिन्छन् ।

नेपाली स्वादमा कोदोको पिज्जा
सामग्रीः 

कोदोको पिठो -३०० ग्राम
आटा-१५० ग्राम
नुन- एक चिया चम्चा
मर्चा अर्थात खमिरा( एक्टिब ड्राइ इस्ट) - दुई चिया चम्चा
चिनी- एक र आधा चिया चम्चा
तेल- ३ चिया चम्चा
मन तातो पानी- ३५० एमएल
नेपाली स्वादको पिज्जा सस- १५० ग्राम
डामेर साधेको हाड्डी नभएको चिकन- २०० ग्राम
बुफेलो मोजरेला चीज- २४० ग्राम
ओरेगानो ड्राइ- ५-७ ग्राम
चिल्ली फ्लेक्स(सुकाएर भुटेको खुर्सानीको च्याख्ला) -२ चिया चम्चा

बनाउने विधि
मनतातो पानीमा चिनी, इस्ट र तेल हालेर घोल्ने र दुवै पिठो र नुन हाली डो बनाउने। अब छोपेर रुम तापक्रममा ४०-५० मिनट रेस्ट गराउने । अब फरमेन्ट भएको डोलाई ठिक्क ठिक्क साइजमा लगभग २०० ग्राम बराबर हुने गरी काट्ने र १० इन्चसम्म गोलाकार साइजमा बेलेर काटाको सहायताले सानो सानो प्वल बनाएर तावा या ओभन या इएर फ्रायरमा पिज्जाको बेसलाइ पकाउने । पाकेको पिज्जाको बेसलाइ एक साइडमा राख्ने र अन्य सामाग्री तयार गर्न थाल्ने ।

कुखुराको मासुलाई तेल, नुन, मरिचको धुलो, चप गरेको लसुन, थोरै ओरेगानोको धुलो हालेर डाम्ने र पाक्नासाथ एक साइडमा राखेर आफूलाई इच्छा लागेअनुसार पिरो र कागतीको रस हालेर मोल्ने । 

अब पिज्जाको बेसमा पिज्जा सस दलेर ग्रेट गरी राखेको ५० ग्राम जति मोजरेला चिज हाल्ने र माथिबाट मोलेको चिकन मिलाएर राख्ने । थोरै चीज माथिबाट पनि छरेर राम्ररी तातेको पिज्जा ओभन ( २७० डिग्रीदेखि ३०० डिग्री) सम्म ताप भएको पूर्वतयारी अवस्था राखेको तापमा ७ देखि १० मिनेट बेक गर्ने र ८ पिसमा ट्याङुलर सेवमा काटेर हल्का चिल्ली फ्लेक्स र ओरेगानो छरेर तातो तातो पस्कने ।

चिकनजस्तै भेज मन पराउनेले च्याउ, पनीर, टोमेटो स्लाइस या क्याप्सिकम हालेर पनि कोदोको पिज्जा बनाउन सकिन्छ । ओभन नभएको अवस्थामा तावामा छोपेर या एयर फ्राएरमा पनि पिज्ज तयार गरेर खान सकिन्छ । यदि पिज्जा सस बनाउन गार्हो लाग्छ भने तयारी अवस्था सस ल्याएर आफ्नो स्वादमा ढालेर प्रयोग गर्न सकिन्छ ।

कसरी बन्छ पिज्जा सस ?
पिज्जा सस बनाउन रातोरातो ५ या ६ पिस ठूलो गोल्भेडा लिएर उम्लेको पानीमा चक्कुले क्रस काटेर ब्लाच गरी मसिनो गरी काट्ने या ब्ल्यान्डरमा हल्का पिस्ने । अब दुई/तीन केस्रा लसुन चप गरेर तेलमा फुराएर थोरै मसिनो गरी काटेको गाजर, सेलरी र बेजील हाल्ने र पिसेको टोम्याटो हालेर पकाउने ।

आधा कप टोम्यटो पिउरी या टोम्याटो पेस्ट मिसाउने र नुन, कालो मरिचको धुलो, चिनी र ओरेगानोको धुलो स्वादअनुसार मिलाएर पिज्जा सस तयार गर्न सकिन्छ।

salt training

कमेन्ट गर्नुहोस्