२९ असार २०८३, सोमबार

भोजपुरको अरुण गाउँपालिकामा भारतले बहुउद्देश्यीय भवन बनाइदिने

असार ३१, २०८२
काठमाडौं
भोजपुरको अरुण गाउँपालिकामा भारतले बहुउद्देश्यीय भवन बनाइदिने

भोजपुरको अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुने भएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा बन्ने उक्त भवनको मंगलबार अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरे ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग नेपाली रूपैयाँ ३.१८८ करोड परियोजना लागतमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुने भएको हो ।

भारत सरकारको अनुदान सहयोग कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवं छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको तीन तल्ले भवनको निर्माणमा उपयोग गरिनेछ । 

null

यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । यो परियोजनालाई अरुण गाउँपालिका, भोजपुरमार्फत् कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ । 

कार्यक्रममा अरुण गाउँपालिकाका अध्यक्ष खत्री र राजनीतिक प्रतिनिधिहरूले नेपालको उन्नति र विकासका लागि भारत सरकारले प्रदान गरिरहेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनले यस क्षेत्रको सांस्कृतिक र शैक्षिक पूर्वाधारको विस्तार गर्न मद्दत गर्ने उनीहरूको भनाइ छ । 

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाएको छ । यीमध्ये ९३ वटा परियोजना कोशी प्रदेशमा छन् । 

nullयसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । जसमध्ये ७ वटा एम्बुलेन्स र एउटा स्कूल बस भोजपुरमा उपहारस्वरूप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थान र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपालले चालेका प्रयासमा भारत सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्