
एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच होमस्टे सेवामा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौतासँगै अब एनआईसी एसिया बैंकका ग्राहकले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट सुविधा पाउनेछन् ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकले बैंकको मोबाइल बैंकिङ सेवा (MoBank) एपमार्फत् भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरिरहेको बैंक र होमस्टेबीचको साझेदारीले ग्राहकलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुका साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।