०४ साउन २०८३, सोमबार
एमाले बैठक

विधान संशोधन प्रस्ताव एमाले पोलिटब्युरोबाट पारित

साउन ३, २०८२
काठमाडौं
विधान संशोधन प्रस्ताव एमाले पोलिटब्युरोबाट पारित

नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ।

शनिबार सम्पन्न पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

गौतमले भने, 'विधान संशोधनसम्बन्धी प्रस्ताव पोलिटब्युरो बैठकले पारित गरेको छ। सामान्य सुझावहरू समेटेर उक्त प्रस्ताव स्वीकार गरिएको हो। त्यसमा पार्टीभित्रको दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषय प्रमुख छन्।'

जसअनुसार अब ७० बर्षे उमेरहद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित भएको छ । 
बैठकमा ६८ जना पोलिटब्युरो सदस्यहरूले आ–आफ्ना धारणा राखेको पनि उनले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्