३२ असार २०८३, बिहीबार

सिरियामा इजरायली आक्रमणपछि अमेरिका क्रुद्ध : ह्वाइट हाउसले भन्यो - नेतान्याहू 'पागल' भए

साउन ५, २०८२
काठमाडौं
सिरियामा इजरायली आक्रमणपछि अमेरिका क्रुद्ध : ह्वाइट हाउसले भन्यो - नेतान्याहू 'पागल' भए
फाइल तस्वीर

इजरायलले सिरियामा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प रिसाएका छन् । एक्सियोसको रिपोर्टअनुसार, ह्वाइट हाउसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको व्यवहारप्रति चर्को असन्तुष्टि व्यक्त गरेको हो ।

ह्वाइट हाउसका अधिकारीहरूले नेतान्याहूलाई 'पागल' र 'राम्रो व्यवहार नगर्ने बच्चा'समेत भनेको रिपोर्टमा उल्लेख छ । 

ह्वाइट हाउसले नेतान्याहू नियन्त्रण बाहिर गएको र उनको पछाडि राजनीतिक एजेन्डा रहेजस्तो व्यवहार गरिरहेको विश्वास गरेको छ। 

एक वरिष्ठ अधिकारीले एक्सियोसलाई भने, 'नेतान्याहू पागलजस्तो व्यवहार गरिरहेका छन् । उनी जताततै बम खसालिरहेका छन् ।  यसले शान्ति स्थापना गर्ने ट्रम्पको प्रयासलाई कमजोर बनाइरहेको छ ।'

इजरायलले सिरियाको ड्रुज (शिया) बहुल शहर स्वेडामा सिरियाली सेनाको ट्याङ्कमाथि आक्रमण गरेको थियो । यसपछि, इजरायलले बुधबार राजधानी दमास्कसमा पनि आक्रमण गर्‍यो र धेरै भवनहरूलाई निशाना बनाएको थियो ।

गाजा चर्चमा भएको आक्रमणप्रति अमेरिका पनि रिसाएको छ। यसअघि गाजाको एक मात्र क्याथोलिक चर्चमा इजरायली ट्याङ्क बम विस्फोट भएको थियो, जसमा तीन जनाको मृत्यु भएको थियो । 

इजरायली सेनाले यसलाई 'गल्ती' भनेको थियो, तर यसले अमेरिकी प्रशासनमा आक्रोश फैलाएको समाचारमा उल्लेख छ । 

यद्यपि राष्ट्रपति ट्रम्पले चर्च आक्रमणबारे कुनै सार्वजनिक बयान दिएका छैनन्, उनले नेतान्याहूलाई फोन गरेर आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । 

अमेरिकी विशेष दूत टम ब्यारेकले जुलाई १५ मा इजरायललाई सिरियामा आक्रमण रोक्न आग्रह गरेका थिए।

त्यसपछि इजरायलले यो कुरा स्वीकार गर्‍यो तर त्यसको भोलिपल्टै उसले फेरि सिरियामा आक्रमण गर्‍यो । यस क्रममा इजरायलले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति भवन नजिकैका भवनहरूलाई निशाना बनाएको थियो ।

त्यसपछि इजरायलले सिरियामा ड्रुज समुदायको समर्थनमा आक्रमण गरिरहेको बताएको थियो । ड्रुज एक अल्पसंख्यक धार्मिक समुदाय हो, जसको ठूलो हिस्सा इजरायलमा बस्छ र सेनामा पनि सेवा गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्