३२ असार २०८३, बिहीबार

विश्व बैंकको १० मिलियन अनुदान सहायता स्वीकार्न अर्थका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन

साउन ७, २०८२
काठमाडौं
विश्व बैंकको १० मिलियन अनुदान सहायता स्वीकार्न अर्थका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन

सरकारले १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको उक्त सहायता रकम स्वीकार गर्न वार्ता टोली बनाइएको हो । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार सरकारले चीन सरकारबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्ने सम्बन्धी लेटर अफ एक्सेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ । 

मन्त्रिपरिषद्का अन्य निर्णयमा यही साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने प्रमोटिङ एग्रो इकोलोजिकल एप्रोच फर सस्टेनेबल ट्रान्सफमेसन अफ एग्री फुड सिस्टमस् इन साउथ एसिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए ।

यसैगरी, साउन ८ देखि १० गतेसम्म चीनको सान्दोङ प्रान्तमा आयोजना हुने २०२५ इन्टरनेशनल कन्फ्रेन्स अन रिड्युसिङ फुड लस एन्ड वेस्टमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने सेकेन्ड युनाइटेड नेशनल फुड सिस्टम समिट स्टकटेक (यूएनएफएसएस प्लस ४)मा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।  

यस्तै, नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने सरकारले निर्णय गरेको छ । 

यसैगरि, साउन ७ देखि १५ गतेसम्म जिम्बाबेमा आयोजना हुने १५ औं मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्रयाकटिङ पार्टिइज् टु द कन्भेन्सन अन वेटल्यान्डस कप १५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा विकलाई स्वीकृति प्रदान गर्ने, नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले यही साउन २ गतेदेखि लागू हुने गरी पेस गरेको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्