१७ असार २०८३, बुधबार

रूकुम पूर्वको सदरमुकाम रुकुमकोट, प्राधिकरणलाई ९ हेक्टर वन प्रयोगको अनुमति [मन्त्रिपरिषद्का १३ निर्णय]

साउन ८, २०८२
काठमाडौं
रूकुम पूर्वको सदरमुकाम रुकुमकोट, प्राधिकरणलाई ९ हेक्टर वन प्रयोगको अनुमति [मन्त्रिपरिषद्का १३ निर्णय]

सरकारले रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने रूकुमकोट तोक्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि विवाद हुँदै आएको रुकुम पूर्वको सदरमुकामबारे निर्णय गरेको हो । 

यस्तै, बैठकले नेपाल विद्युत प्राधिकरणलाई सिन्धुपाल्चोकको जुगल र बाह्रविसे बलेफी कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनको ९.८७५७ हेक्टर प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

उनका अनुसार मन्त्रिपरिषद् बैठकले साउन १८ गते मेलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।

जापानको ओसाकामा साउन १२ र १३ गते आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे नेतृत्वको टोलीलाई पठाउने पनि मन्त्रिपरिषद्को निर्णय छ । 

salt training

कमेन्ट गर्नुहोस्