३१ असार २०८३, बुधबार

एनआरएन क्यानडाको अध्यक्ष उम्मेदवार किरोज श्रेष्ठलाई डा. धरेल र इञ्जिनियर महर्जनको साथ

साउन ९, २०८२
काठमाडौं
एनआरएन क्यानडाको अध्यक्ष उम्मेदवार किरोज श्रेष्ठलाई डा. धरेल र इञ्जिनियर महर्जनको साथ

आवासीय नेपाली सङ्घ (एनआरएन) क्यानडाको आगामी २०२५–२७ कार्यकालको अध्यक्षका उम्मेदवार किरोज श्रेष्ठलाई डा. तुलसी धरेल र इञ्जिनियर इन्द्र महार्जनले साथ दिएका छ । श्रेष्ठको प्रस्तावकमा धरेल र समर्थकमा महर्जन रहेका छन् । डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । 

धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन । 

क्यानाडाको बहुसांस्कृतिक संरचनाभित्र नेपाली समुदायको पहिचान जोगाउने र प्रवर्द्धन गर्ने कार्यमा उनको योगदान महत्वपूर्ण मानिन्छ।

इञ्जिनियर महार्जन पनि शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता प्रभावशाली प्रवासी नेपाली हुन् । उनले वातावरण, प्रविधि र सामाजिक क्षेत्रका थुप्रै परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

किरोज श्रेष्ठको नेतृत्वमा एनआरएन क्यानडाले ७५ हजार क्यानाडियन डलर बराबरको सरकारी अनुदान प्राप्त गर्नुका साथै, चेस खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउने, ट्याक्स क्लिनिक, कन्सुलर सेवा, झन्डा फहराउने लगायतका समाजसेवामूलक कार्यहरू सम्पन्न गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्