३२ असार २०८३, बिहीबार

आइतबारका लागि कति छ विदेशी मुद्राको विनिमयदर ?

साउन ११, २०८२
काठमाडौं
आइतबारका लागि कति छ विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ १३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १६१ रूपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रूपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रूपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ २१ पैसा र बिक्रीदर १७३ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रूपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ७६ पैसा र बिक्रीदर १०८ रूपैयाँ २३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३४ पैसा र बिक्रीदर नौ रूपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २७ पैसा र बिक्रीदर १९ रूपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २६ पैसा र बिक्रीदर चार रूपैयाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रूपैयाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४ रूपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ६७ पैसा र बिक्रीदर २१ रूपैयाँ ७७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३८ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६० रूपैयाँ ३३ पैसा रहेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्