![चरम खडेरी झेल्दै मधेशका खेत– कतै धाँजा फाट्यो, कतै बिउ सुक्यो [ड्रोन तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Sukkha_Khet_3_20R7A4aQ0d.jpg)
देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भएपनि मधेश प्रदेशका आठ जिल्लामा वर्षा हुन सकेको छैन ।
समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुक्खा झेल्नु परेको छ ।
धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावण महिना लाग्दा पनि रोपाइँ गर्न पाएका छैनन् ।
सुक्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने साउन ७ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लामा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेको छैन भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बिउ सुक्ने जस्ता समस्या किसानहरूले झेलिरहनु परेको छ ।
त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानले यो वर्ष भने सुक्खा र खडेरीका सामना गर्नु परेको छ ।
समयमा वर्षा नभएपछि सुक्खा देखिएको मधेश प्रदेशका खेतहरूको ड्रोन भ्यु :
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी











