२८ असार २०८३, आइतबार

जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्छ : मन्त्री खड्का

साउन ११, २०८२
काठमाडौं
जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले सबै मिलेर उपलब्ध स्रोतको उपयोग गर्न लाग्नुपर्ने बताएका हुन् ।

मन्त्री खड्काले विविध चुनौती भए पनि सबै मिलेर विद्युत् क्षेत्रको विकासमार्फत मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिए । उनले छिमेकी मुलुक भारत र चीनमा तीव्र विकास भएको भन्दै हामीले विकासलाई पछ्याउँदै काम गर्नुपर्ने बताए ।

द्वन्द्वको समयमा नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिका सराहनीय रहेको भन्दै मन्त्री खड्काले समुदायबाट सञ्चालन गर्न नसकिएका सामुदायिक विद्युत् योजनालाई प्राधिकरणलाई जिम्मेवारी लगाउँदै जानुपर्ने बताए ।​ 

पूर्वऊर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्