
काठमाडौं, २४ मंसिर- कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका अभिषेक प्रताप शाह विजयी भएका छन् ।
एमालेका ईश्वर दयाल मिश्रलाई ४ हजार सत्तरी मतले पछि पादै शाह प्रतिनिधी सभा सदस्यमा विजयी भएका हुन ।
शाहले १९ हजार ८ सय ६६ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी ईश्वर दयाल मिश्रले १५ हजार ७ सय ९४ मत प्राप्त गरेका छन ।