२६ जेठ २०८३, मंगलबार

होण्डा डिओ १२५ ले उपल्लो डोल्पामा बनायो नयाँ कीर्तिमान

साउन १५, २०८२
काठमाडौं
होण्डा डिओ १२५ ले उपल्लो डोल्पामा बनायो नयाँ कीर्तिमान

नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा)सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । 

यो कीर्तिमानी यात्रा नेपाल एट्थ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रालिको सहकार्यमा होण्डा डिओ १२५ स्कूटरमार्फत् सम्पन्न गरेको हो ।

शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटरयात्राको सीमालाई नै पुन: परिभाषित गरिदिएको कम्पनीको भनाइ छ । 

काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङला पाससम्म पुगेको यो मार्ग सहज थिएन । यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होण्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्याविना यो यात्रा सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

null

यस असाधारण सफलता, स्कूटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडेलिङ्ग प्रणाली, कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस) लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ ।

साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्थ वन्डरले जनाएको छ ।

नेपाल एट्थ वन्डर टोलीका अनुसार, यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र थिएन, यो एक प्रेरणादायी सन्देश पनि हो । 

‘यदि तपाईंको साथमा सही सोच, समर्पित टोली र एक भरोसायोग्य सवारी छ भने, कुनै पनि दुर्गम गन्तव्य टाढा हुँदैन’, टोलीका एक सदस्यले भने, ‘यो यात्रा नेपाली मोटरिङ इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ । होण्डा डिओ १२५ अब केवल सिटी स्कूटर नभएर, गन्तव्यभन्दा पर पुग्न तयार ‘मिशन कम्प्लिट’ सवारी प्रमाणित भएको छ ।’

null

स्याकार ट्रेडिङ कम्पनी प्रालि, विगत ५७ वर्षदेखि जापानको होण्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो । स्याकार ट्रेडिङ कम्पनी प्रालिले यो सफलतालाई नेपाली भूगोल, साहसिकता र होण्डाको विश्वस्त इन्जिनियरिङको समिश्रणका रूपमा लिएको छ । 

कम्पनीले भविष्यमा पनि नेपाली सडक, मौसम र यात्राको आवश्यकता अनुसार उच्च गुणस्तरीय सवारी साधन निरन्तर रूपमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता दोहोर्‍याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्