०५ साउन २०८३, मंगलबार

धौबादी फलाम खानी सञ्चालनका विषयमा अर्थमन्त्री र उद्योग मन्त्रीबीच छलफल

साउन १६, २०८२
काठमाडौं
धौबादी फलाम खानी सञ्चालनका विषयमा अर्थमन्त्री र उद्योग मन्त्रीबीच छलफल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री दामोदर भण्डारीबीच छलफल भएको छ ।

उनीहरूबीच शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा धौबादी फलाम खानी सञ्चालनलगायतका विषयमा छलफल भएको हो ।

नवलपुरको हुप्सेकोट, बुलिङटार र बौद्ध कालिका गाउँपालिकामा रहेको धौबादी फलाम खानीलाई सञ्चालनका लागि आवश्यक काम अगाडि बढाउनेलगायतका विषयमा छलफल भएको हो । यसका साथै दैलेखको पेट्रोलियमलगायतका विषयमा पनि छलफल भएको छ ।

छलफलमा अर्थमन्त्री पौडेलले खानी तथा भूगर्भ विभागअन्तर्गतका प्रोजेक्टहरूलाई जति सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्