३१ असार २०८३, बुधबार

यूएईमा तापक्रम ५१.८ डिग्री पुग्यो, दिउँसो बाहिर ननिस्कन मानिसहरूलाई चेतावनी

साउन २१, २०८२
काठमाडौं
यूएईमा तापक्रम ५१.८ डिग्री पुग्यो, दिउँसो बाहिर ननिस्कन मानिसहरूलाई चेतावनी

यूएईको मरुभूमि क्षेत्रको तापक्रम ५१.८ डिग्री पुगेको छ, जुन २०२१ पछिको उच्चतम हो । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम)का अनुसार, अगस्टको शुरूमै यूएईमा तापक्रम रेकर्ड स्तरमा पुगेको हो । 

जुन र जुलाईमा भित्री क्षेत्रहरूमा तापक्रम हरेक दिन ५० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको थियो, जबकि दुबई र अबुधाबीजस्ता समुद्री शहरहरूमा तापक्रम ४५ डिग्रीको आसपास थियो । जुलाई २००२ मा स्वेहानमा अहिलेसम्मकै उच्चतम तापक्रम ५२.१ डिग्री रेकर्ड गरिएको थियो ।

एनसीएमले गर्मीको बाँकी समय पनि सामान्यभन्दा तातो हुने र अगस्टमा तापक्रम औसतभन्दा ०.२५ देखि ०.५ डिग्री सेल्सियस बढी हुने भविष्यवाणी गरेको छ। मानिसहरूलाई घाममा कम समय बिताउन र दिउँसो बाहिर ननिस्कन सल्लाह दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्