०७ साउन २०८३, बिहीबार

घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु

साउन २२, २०८२
काठमाडौं
घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु

घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ ।

घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए ।

स्थानीय समयअनुसार राजधानी आक्राबाट ०९:१२ बजे उडेको थियो । अधिकारीहरूले दुर्घटनाको कारण पुष्टि गरेका छैनन् ।

कर्मचारी प्रमुखले देशको झण्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

यो पछिल्लो समय घानामा भएको ठूलो दुर्घटना हो । 

कमेन्ट गर्नुहोस्