०२ साउन २०८३, शनिबार

रुसको दोस्रो ठूलो तेल खरिदकर्तालाई ५० प्रतिशत कर लगाउनु ठूलो झट्का हो : ट्रम्प

साउन २७, २०८२
काठमाडौं
रुसको दोस्रो ठूलो तेल खरिदकर्तालाई ५० प्रतिशत कर लगाउनु ठूलो झट्का हो : ट्रम्प

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा कर लगाउनाले रुसको अर्थतन्त्रमा असर पर्ने बताएका छन् ।

सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुसको दोस्रो ठूलो तेल खरिदकर्ता भारतमाथि ५० प्रतिशत कर लगाउन उसको लागि ठूलो झट्का भएको प्रतिक्रिया दिए । 

'रुसको अर्थतन्त्र राम्रो अवस्थामा छैन । यसमा धेरै असर परेको छ र यो अझ गाह्रो हुन्छ जब अमेरिकाले रुसको सबैभन्दा ठूलो वा दोस्रो ठूलो तेल खरिदकर्तालाई भन्छ कि यदि तपाईंले रूसी तेल किन्नुभयो भने हामी ५० प्रतिशत कर लगाउँदैछौं । यो उनीहरूको लागि ठूलो झट्का हो,' उनले भने । 

आफू योभन्दा धेरै ठूला कदम चाल्न पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ । 'तर मलाई फोन आयो कि उनी (पुटिन) भेट्न चाहन्छन् र म हेर्छु कि उनी के कुरामा भेट्न चाहन्छन् । म युद्धविराम हेर्न चाहन्छु । म दुवै पक्षका लागि लाभदायक सम्झौता हेर्न चाहन्छु,' ट्रपले भने । 

ट्रम्प र पुटिन अगस्ट १५ मा अमेरिकाको अलास्कामा भेट्ने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्