एकातिर, रुस-युक्रेन युद्धविरामबारे अमेरिका र रुसबीचको वार्ता अनिर्णीत रूपमा समाप्त भएको छ भने अर्कोतर्फ, रुस र युक्रेनबीच युद्ध जारी छ।
युक्रेनले आफ्नो सेनाले डोनेट्स्कको पूर्वी क्षेत्रका गाउँहरू पुनः कब्जा गरेको रिपोर्ट गरेको छ, जहाँ हालैका दिनहरूमा रुसी सैनिकहरू आइपुगेका थिए।
युक्रेनले पोकरोभस्क क्षेत्रको डोब्रोपिलिया नजिकैको लडाईंमा सयौं रुसी सैनिकहरू मारिएको दाबी गरेको बीबीसीले जनाएको छ ।
यसअघि युक्रेनी अधिकारीहरूले सुमीलगायत अन्य धेरै ठाउँहरूमा रुसी हवाई आक्रमण जारी रहेको बताएका थिए।
अर्कोतर्फ, अलास्कामा भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीचको वार्ता पनि युद्धविराम सहमति गर्न असफल भएको छ ।