२७ जेठ २०८३, बुधबार

प्रेमिकाले अर्कैसँग बिहे गरेपछि प्रेमीको अनौठो हर्कत- पार्सल गरेर बम पठाए, अनि त्यसपछि...

भदौ १, २०८२
काठमाडौं
प्रेमिकाले अर्कैसँग बिहे गरेपछि प्रेमीको अनौठो हर्कत- पार्सल गरेर बम पठाए, अनि त्यसपछि...

आफ्नो प्रेमिकाले अरुसँगै विवाह गरेपछि एक युवकले अनौठो हर्कत गरेका छन् । उनले बिहे गरेर गएको प्रेमिकाको घरमा पार्सल गरेर बम पठाएपछि यो घटना सार्वजनिक भएको हो । 

घटना भारतको छत्तीसगढको खैरागढ–छुईखदान–गंडईको हो । त्यहाँका एक युवकले आफ्नो प्रेमिकाको विवाह भएपछि उनको श्रीमानसहित पूरै परिवारलाई पार्सल बममार्फत् उडाउन खोजेको घटना बाहिर आएको छ । प्रहरीले समयमै योजना विफल पार्दै यसमा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, कुसमी गाउँका २० वर्षीय विनय नामक युवकको नजिकैको गाउँमा बस्ने युवतीसँग विद्यालय पढ्ने समयदेखि नै प्रेम सम्बन्ध थियो । तर करिब ४० दिनअघि युवतीको विवाह भई उनी मानपुरस्थित घर गइन् । यसपछि प्रेमिकाबाट अलग हुनुपर्दा विनय असहज र दुःखी बने ।

प्रेमिकालाई पुनः पाउन नसक्ने देखेपछि विनयले आफ्नी प्रेमिकाको श्रीमान् र परिवारलाई समाप्त पार्ने योजना बनाए । उनले अनलाइनमार्फत् बम बनाउन सिके, करिब २ किलोको आईईडी तयार गरी होम थिएटरभित्र राखे र डेटोनेटरलाई प्लगसँग जोडे । त्यसपछि नक्कली ‘इन्डिया पोस्ट’ लोगो प्रयोग गरी पार्सल स्वरूपमा युवतीको घर पठाए । 

null

तर, प्राविधिक कारणले बम पड्किएन । पार्सल देख्दा परिवारले शंका गरी तत्काल जानकारी दिएपछि पुलिस घटनास्थल पुगेको थियो । प्रहरीले बम डिस्फ्युज गरी ज्यान र सम्पत्तिमा ठूलो क्षति हुनबाट जोगाएको छ । 

जिल्ला पुलिस अधिक्षक लक्ष्य विनोद शर्माले प्रेमी विनयसहित सात जनालाई पक्राउ गरिएको जनाएका छन् । उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूले समेत योजना बनाउन सहयोग गरेका थिए । हाल पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्