२८ असार २०८३, आइतबार

लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण विवरण एनआईसी एसिया बैंकको अनलाइन पोर्टलबाट हेर्न सकिने

भदौ १, २०८२
काठमाडौं
लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण विवरण एनआईसी एसिया बैंकको अनलाइन पोर्टलबाट हेर्न सकिने

एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरिसकेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए । 

उनका अनुसार ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नेछन् ।

यसरी ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरू र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने बैंकले जनाएको छ । 

साथै इच्छुक ग्राहकहरूले अनलाइन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिन सक्न विश्वास बैंकले लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्