३२ असार २०८३, बिहीबार

पाकिस्तानमा बाढीमा परेर मृत्यु हुनेको संख्या ३३७ पुग्यो

भदौ २, २०८२
काठमाडौं
पाकिस्तानमा बाढीमा परेर मृत्यु हुनेको संख्या ३३७ पुग्यो

उत्तरपश्चिम पाकिस्तानमा पहिरो र भीषण वर्षासँगै आएको बाढीमा परि कम्तीमा ३३७ जनाको मृत्यु भएको छ । 

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार अझै धेरै जना बेपत्ता छन् ।

किस्तवार जिल्लाको चोसिटी गाउँमा आइतबार पनि उद्धार टोली सक्रिय रह्यो । त्यहाँ मात्र ६० जनाको ज्यान गएको छ भने करिब १५० जना घाइते भएका छन्, जसमा करिब ५० जनाको अवस्था गम्भीर छ ।

खैबर पख्तुनख्वा प्रान्तको बुनेर जिल्लामा करिब ५४ जनाको शव फेला परेको आपतकालीन सेवाका प्रवक्ता मोहम्मद सुहैलले जनाएका छन् । शुक्रबार आएको भारी वर्षा र ‘क्लाउडबर्स्ट’का कारण बाढी आएको थियो । उनका अनुसार केही स्थानीय अझै बेपत्ता छन् ।

बाढीले गाउँका घरहरू बगाउँदा ठूलो ढुंगामुढा गाउँमा पसेको र विस्फोटजस्तै असर देखिएको अधिकारीहरूले बताएका छन् । अझै बाढी र सम्भावित पहिरोको खतरा रहेको भन्दै अधिकारीहरूले स्थानीय प्रशासनलाई सतर्क रहन आग्रह गरेका छन् । 

जुन २६ देखि सुरू भएको सामान्यभन्दा बढी वर्षाका कारण पाकिस्तानमा हालसम्म ६ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

यस्तै, पछिल्ला दिनमा भारत–प्रशासित काश्मिरमा पनि क्लाउडबर्स्टका कारण ठूलो क्षति भएको छ । शुक्रबार हिमाली गाउँमा आएको आकस्मिक बाढीमा कम्तीमा ६० जनाको मृत्यु भएको र धेरैजना बेपत्ता रहेको भारतीय उद्धार टोलीले जनाएको छ ।

भारतीय अधिकारीका अनुसार चोसोटी क्षेत्रमा १०० भन्दा बढी तीर्थयात्री बसेको अस्थायी भान्सा गृह बाढीले पूर्ण रूपमा बगाएको थियो । भारत–प्रशासित काश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई अचानक परेको ‘क्लाउडबर्स्ट’ वर्षा कारण भएको बताए।

यस्तै, काठुआ जिल्लाका दुई गाउँमा आएको बाढीमा शनिबार राति कम्तीमा ७ जनाको मृत्यु भएको र ५ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्