
नेपाल स्टक एक्सचेन्ज(नेप्से) सामान्य अङ्कले बढेको छ ।
सोमबार नेप्से परिसूचक ९.१६ अङ्कले बढेर २७७०.३९ को विन्दुमा कायम भएको हो ।
आज बजारमा १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन आइतबार मात्रै परिसूचक २७.१४ अङ्कले घटेर २७६१.२२ को विन्दुमा बन्द भएको थियो ।
आज युनियन हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र अपर लोहोर खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
कारोबारका आधारमा भने नेपाल रिइन्स्योरेन्स कम्पनी २१ करोड ७५ लाख २८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
सोमबार बजार पुँजीकरण ४६ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ ।