३२ असार २०८३, बिहीबार

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

भदौ ३, २०८२
काठमाडौं
चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान प्रयोग गरी सातवटा उपग्रह पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । देशको उत्तर–पश्चिमी भूभागमा अवस्थित एक व्यावसायिक अन्तरिक्ष प्रविधि क्षेत्रबाट दिउँसो ठीक ३ बजेर ३३ मिनेटमा सो यान प्रक्षेपण गरिएको थियो ।

चीनको आफ्नै प्रविधिमा विकसित लिजियन–१ वाई १० यान एक ठूला भार बोक्न सक्ने ठोस इन्धनयुक्त प्रक्षेपण यान हो, जसले एकैपटक धेरै उपग्रहलाई पृथ्वीको निचो कक्षमा पठाउने क्षमता राख्दछ । यसपटकको प्रक्षेपणबाट सातवटा फरक–फरक उद्देश्यका उपग्रहहरू कक्षमा पठाइएको छ, जसमा वातावरणीय अनुगमन, संचार, वैज्ञानिक परीक्षण तथा अन्य अनुसन्धानसम्बन्धी कार्यहरू समावेश छन् ।

चिनियाँ अधिकारीहरूका अनुसार सबै उपग्रहहरू निर्धारित कक्षमा सुरक्षित रूपमा पु¥याइएको छ । प्रक्षेपणपछि यानको सबै चरणहरू योजनाबद्ध ढंगले कार्यान्वयन भएको र मिशन पूर्ण रूपमा सफल भएको पुष्टि गरिएको छ ।

लिजियन–१ यान चीनको निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको पहिलो आधुनिक यानमध्ये पर्दछ । यसले चीनको अन्तरिक्ष अनुसन्धान तथा व्यावसायिक उपग्रह प्रक्षेपण क्षमतामा उल्लेखनीय योगदान पु¥याएको मानिन्छ ।

चीनले हालका वर्षहरूमा आफ्नै प्रविधिमा आधारित यानहरू निर्माण गर्दै प्रक्षेपणलाई नियमित र आत्मनिर्भर बनाउँदै लगेको छ । यसले चीनलाई अन्तरिक्ष प्रविधिको क्षेत्रमा विश्वस्तरमा अग्रपंक्तिमा उभ्याउने विश्वास गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्