०६ साउन २०८३, बुधबार

आयल निगम महेन्द्रनगरमा एक वर्षमा तीन हाकिम फेरिए

भदौ ११, २०८२
काठमाडौं
आयल निगम महेन्द्रनगरमा एक वर्षमा तीन हाकिम फेरिए

नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा एक वर्षको अविधमा तीन जना कार्यालय प्रमुखको सरुवा भएको छ । 

सो कार्यालयमा मनोजकुमार साह, मनिष न्यौपाने तथा रजीत कापडीको कार्यालय प्रमुख पदमा सरुवा भएको हो । कापडी दुई महिनादेखि कार्यालयमा प्रमुखका रूपमा कार्यरत छन् । 

सरकारको स्वामित्वमा सञ्चालित सो आयल निगमको ऐन एवं विनियमावलीमा प्रत्येक दुई वर्षमा कार्यालय प्रमुख तथा अधिकृतस्तरका कर्मचारीको सरुवा हुने प्रावधान रहेको छ । 

सरुवाले कार्यालयको काममा प्रभावकारी रूपमा व्यस्थापन तथा सञ्चालनमा समस्या पर्ने गरेको कर्मचारीहरूको गुनासो छ । 

‘हाम्रो निगममा प्रत्येक दुई वर्षमा सरुवाको प्रावधान छ तर आवश्यक परेको खण्डमा कुनै बेला सरुवा हुन्छ र तोकिएको स्थानमा गएर काम गर्नुपर्छ’, कापडीले भने, ‘म पदबहाली भएर आएदेखि नै कार्यालयको कामलाई प्रभावकारी तथा व्यवस्थित बनाउनेतर्फ जोड दिएको छु ।’

सो कार्यालयमा पेट्रोलियम ढुवानीकर्ता, पेट्रोलिय व्यवसायी तथा कर्मचारीबीचको विवादले कार्यालय प्रमुखको सरुवा हुने गरेको बताइको छ ।  

सो कार्यालयले निगमको अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर धनुषा तथा महोत्तरी जिल्लामा रहेका पम्पमा पेट्रोलिय पदार्थ बिक्री वितरण गर्दै आएको छ । 

सो कार्यालयले करिब ८० ट्र्याकङ्रमार्फत् पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको प्रमुख कापडीले जानकारी दिए । ट्र्यांकरको ढुवानी खर्च निगमले उपलब्ध गराउने गरेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्