
अर्धशतकीय वृद्धि देखिएको भोलिपल्टै शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१.०० बिन्दुमा कायम भएको छ ।
बिहीबार विकास बैंकमा सबैभन्दा बढी २.३८ प्रतिशतको गिरावट आयो ।
म्युचुअल फन्ड र ननलाइफ इन्स्योरेन्समा सामान्य वृद्धि देखिँदा अन्य सबै सेक्टरमा नेप्सेकै औसतमा गिरावट आयो ।
गिरावटका बीच पनि विकास हाइड्रो पावरको शेयर मूल्यमा सबैभन्दा बढी १० प्रतिशतको वृद्धि देखियो ।
ओरिएन्टल होटल, लुम्बिनी विकास बैंक लगायतको शेयर मूल्यमा भने ४ प्रतिशतभन्दा बढीको गिरावट आयो ।
गिरावटका बीच कारोबार रकम भने बढेर ९ अर्ब नाघेको छ । बुधबार साढे ७ अर्बको कारोबार भएको थियो ।