०५ साउन २०८३, मंगलबार

निक्की हत्याकाण्डमा नयाँ मोड : अस्पतालमा ‘सिलिन्डर विस्फोट’ लेखाइयो तर...

भदौ १२, २०८२
काठमाडौं
निक्की हत्याकाण्डमा नयाँ मोड : अस्पतालमा ‘सिलिन्डर विस्फोट’ लेखाइयो तर...

भारतको ग्रेटर नोएडाको सिरसा गाउँमा भएको निक्की भाटीको हत्याकाण्डमा नयाँ मोड आएको छ । 

आरोप अनुसार निक्कीलाई उनका पति विपिनले दाइजोका कारण कुटपिट गरी आगो लगाएर हत्या गरेका हुन् । २१ अगस्टका दिन निक्कीलाई गम्भीर रूपमा पोलिएको अवस्थामा फोर्टिस अस्पताल पुर्‍याइएको थियो । 

त्यतिबेला परिवारले ‘सिलिन्डर विस्फोट’लाई जलनको कारण बताए र अस्पतालको प्रारम्भिक प्रतिवेदनमा पनि त्यही उल्लेख भएको थियो । तर, प्रहरीले घटनास्थल जाँच्दा सिलिन्डर विस्फोटको कुनै प्रमाण भेटेन, बरु घरभित्र जलाउन प्रयोग हुने थिनर बरामद गरियो ।

यसबीच प्रहरीले अस्पतालका चिकित्सकहरूको बयान लिने तयारी गरेको छ । साथै घटनास्थल र अस्पताल वरिपरिका सीसीटीभी फुटेज समेत जफत गरेर अनुसन्धान शुरू गरिएको छ । फुटेजमा देखिएका व्यक्ति विपिन नै हुन् वा अरू कोही भन्ने विषयमा मिलान भइरहेको प्रहरीले जनाएको छ ।

विपिनका दाजु देवन्द्र भाटीका अनुसार, निक्कीले आफैंले पनि शुरूमा ‘सिलिन्डर विस्फोट भएको’ भनेकी थिइन् । देवन्द्रका भनाइअनुसार, घटनाको दिन विपिनले अचानक ठूलो आवाजमा निक्कीलाई तुरुन्तै अस्पताल लैजानुपर्ने भन्दै चिच्याएपछि वरिपरि हल्ला मच्चियो । 

त्यसपछि उनीहरूसहितका परिवारजनले निक्कीलाई गाडीमा हालेर अस्पताल लगे । बाटोमा निक्कीले लगातार पानी मागिरहेकी थिइन् र ‘सिलिन्डर फुट्यो, सास लिन गाह्रो भइरहेको छ’ भनेकी थिइन् । अस्पताल पुगेपछि पनि उनले चिकित्सकलाई यही कुरा दोहोर्‍याएको उनले दाबी गरे ।

null

प्रारम्भिक अनुसन्धानले निक्की र विपिनबीचको विवाद करिब तीन वर्षदेखि चल्दै आएको देखाएको छ । दुवै दिदीबहिनीले घरमै बुटिक र ब्युटी पार्लर सञ्चालन गरेको विषयमा परिवारभित्र मनमुटाव शुरू भएको थियो । त्यसैबेला निक्कीले विपिनलाई अर्की युवतीसँग सम्बन्धमा रहेको अवस्थामा भेटेपछि झन् तनाव बढेको बताइएको छ ।

आरोप अनुसार, विपिनलाई घरमा ग्राहकहरूको आवतजावत मन नपर्ने भएकाले विवाद चर्किएको थियो । सो विवादपछि निक्की र विपिनबीच लामो समयसम्म बोलचाल बन्द भएको अनुसन्धानमा खुलेको छ । उनीहरू एउटै घरमा भए पनि फरक कोठामा बस्ने गरेका थिए ।

निक्की र विपिनको विवाह २०१६ डिसेम्बर २७ मा भएको हो । निक्कीकी दिदी कञ्चनको विवाह विपिनकै दाजुसँग भएको थियो । पीडितका बुबा भिकारी सिंहका अनुसार, विवाहपछि निरन्तर ३५ लाख रूपैयाँ दाइजोको माग गरिँदै आएको थियो । रकम नपाएपछि विपिन, उसका आमा–बुबा र दाजुले निक्कीलाई पटक–पटक यातना दिने गरेका थिए ।

गत बिहीबार साँझ विपिनले आफ्नी आमा दयासँग मिलेर निक्कीलाई आगो लगाइदिएको आरोप छ । गम्भीर रूपमा पोलिएकी निक्कीलाई दिदीले छिमेकीहरूको सहयोगमा अस्पताल पुर्‍याइन् । उपचारका क्रममा उनले ज्यान गुमाइन् ।

यसअघि पनि पीडित पक्षले थुप्रै पटक गाउँको पञ्चायतमार्फत मिलापत्र गराउने प्रयास गरेको थि यो। तर आरोपी पक्षले सम्झौता नमानेको पीडित परिवारको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्