०४ साउन २०८३, सोमबार

सहुलियतपूर्ण कर्जा लिनेहरूको विवरण त्रैमासिक रूपमा छुट्टाछुट्टै सार्वजनिक गर्नुपर्ने

भदौ १३, २०८२
काठमाडौं
सहुलियतपूर्ण कर्जा लिनेहरूको विवरण त्रैमासिक रूपमा छुट्टाछुट्टै सार्वजनिक गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरूलाई अबदेखि सहुलियतपूर्ण कर्जा लिने ऋणीहरूको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम हाल कायम रहेका ऋणी र सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ बमोजिम सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रूपमा सार्वजनिक गर्नु पर्नेछ,’ एकीकृत निर्देशनमा उल्लेख गरिएको छ ।

यसअघि यस्ता ऋणीहरूको सूची वार्षिक रूपमा सार्वजनिक हुँदै आएको थियो ।

अब बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा लिने ऋणीहरूको विवरण दुवै कार्यविधि अनुसार छुट्टाछुट्टै आफ्नो वेबसाइटमार्फत त्रैमासिक रूपमा प्रकाशन गर्नुपर्नेछ ।

यसबाट सहुलियतपूर्ण कर्जा वितरणमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित हुने राष्ट्र बैंकले जनाएको छ । 

कमेन्ट गर्नुहोस्