०८ साउन २०८३, शुक्रबार

एनआईसी एसिया बैंकका ग्राहकलाई कैलालीको सीपी हस्पिटलमा २० प्रतिशत छुट

भदौ १४, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई कैलालीको सीपी हस्पिटलमा २० प्रतिशत छुट

एनआईसी एसिया बैंक र सीपी हस्पिटल प्रालिबीच छुट सम्झौता भएको छ ।

बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यका साथ छुट सम्झौता गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

समझदारीसँगै बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको सीपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरूले OPD, Pathology, X-Ray, USG, Endoscopy, Colonoscopy, Normal Bed, HDU Bed/ICU, A/C Cabin, Surgery, Medicine, CT Scan जस्ता सेवामा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्