०४ साउन २०८३, सोमबार

दशैँका लागि सुकिला नोट भदौ २९ देखि साट्न सकिने

भदौ १५, २०८२
काठमाडौं
दशैँका लागि सुकिला नोट भदौ २९ देखि साट्न सकिने

दशैँ, तिहार र छठ पर्वका लागि यही भदौ २९ गतेदेखि सर्वसाधारणले सुकिला नोट साट्न पाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको चाडपर्व लक्षित गरी भदौ २९ गतेदेखि सुकिला नोट साट्न सकिने जनाएको छ । 

काठमाडौं उपत्यकामा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशमा प्रदेशस्तरीय कार्यालय विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगञ्जर धनगढीबाट नोट सटही गर्ने सकिने राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय शाखा कार्यालयबाट समेत नोट साट्न सकिनेछ । राष्ट्र बैंकका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म नोट सटही सुविधा उपलब्ध हुनेछ । यस वर्षको बडादशैं असोज १६ गते परेको छ । घटस्थापना भने असोज ६ गते छ । 

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रूपैयाँसम्मका नोट सटहीको व्यवस्था गर्दै आएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्