०७ साउन २०८३, बिहीबार

राष्ट्रकवि घिमिरेको नाममा २७ लाखको अक्षयकोष स्थापना

भदौ १५, २०८२
काठमाडौं
राष्ट्रकवि घिमिरेको नाममा २७ लाखको अक्षयकोष स्थापना

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

मर्स्याङ्दी वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख र परिवारका अन्य सदस्यले उक्त रकम प्रदान गरेका हुन् ।

प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एक जना साहित्यकारलाई एक लाख नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।

यसअघि कोषमा १६ लाख रुपैयाँ मौज्दात थियो ।

salt training

कमेन्ट गर्नुहोस्