
इजरायलले गाजा शहरको अल-रिमल छिमेकमा भएको हवाई आक्रमणमा हमासको सशस्त्र शाखा अल-कस्सम ब्रिगेडका प्रवक्ता अबु ओबेदाको मृत्यु भएको दाबी गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली रक्षा बललाई बधाई दिएका छन् ।
शनिबार भएको आक्रमणमा ६ तले भवनमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो, जसले ठूलो क्षति पुर्याएको बीबीसीले जनाएको छ ।
हमासले आक्रमणमा सात जनाको मृत्यु र २० जना घाइते भएको जनाएको छ । तर ओबेदाको मृत्यु पुष्टि गरेको छैन ।
इजरायली सेनाले नागरिक हताहत कम गर्न सटीक हतियार र गुप्तचर प्रयोग गरेको दाबी गरेको छ ।