३२ असार २०८३, बिहीबार

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान अन्तिम चरणमा, तिहारभित्र बत्ती बाल्ने तयारी [तस्वीरहरू]

भदौ १७, २०८२
काठमाडौं
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान अन्तिम चरणमा, तिहारभित्र बत्ती बाल्ने तयारी [तस्वीरहरू]

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य अन्तिम चरणमा पुगेको छ । 

मैदानको वरिपरि ६ वटा फ्लडलाइट जडान कार्यअन्तर्गत पहिलो चरणको पोल जडान कार्य धमाधम भइरहेको हो ।

जसअन्तर्गत ४ वटा पोलहरू जडान गरिसकिएको छ भने अब २ वटा पोल जडान गर्न बाँकी छ । बाँकी काम पनि एक/दुई दिनमा सक्ने तयारी छ ।

त्यसपश्चात् पोल इन्स्टलेसन गरी तिहारभित्र लाइट बाल्ने निर्माण कम्पनीको योजना रहेको छ ।

फ्लडलाइट जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको छ ।

 

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्