२९ असार २०८३, सोमबार
जेनजीको प्रदर्शन

इटहरीमा तनाव– कर्फ्यु अवज्ञा गर्दै प्रदर्शनकारीले घेरे प्रहरी कार्यालय

भदौ २३, २०८२
सुनसरी
इटहरीमा तनाव– कर्फ्यु अवज्ञा गर्दै प्रदर्शनकारीले घेरे प्रहरी कार्यालय

जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरे पनि इटहरीमा प्रदर्शन जारी छ ।

कर्फ्युको अवज्ञा गर्दै सयौंको संख्यामा रहेका प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय इटहरी घेराउ गरेका छन् ।

पक्राउ परेका आफ्ना साथीहरूको रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि उनीहरूले नाराबाजी गरेका हुन् ।

प्रत्यक्षदर्शी सन्तोष घिमिरेका अनुसार, आन्दोलनकारीहरूले प्रहरी कार्यालय अगाडि चर्को नाराबाजी गरिरहेका छन् । यसभन्दा अगाडि भने उनीहरूले इटहरी उपमहानगरपालिका अगाडि आन्दोलन गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

तर, प्रदर्शनकारीले त्यसलाई अवज्ञा गरेका हुन् । 

आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले गोली समेत चलाएको छ । प्रदर्शनकारीहरू इटहरी उपमहानगरपालिकाको कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो ।
 

कमेन्ट गर्नुहोस्