११ साउन २०८३, सोमबार

कार्कीलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने म्यान्डेट

भदौ २७, २०८२
काठमाडौं
कार्कीलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने म्यान्डेट

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् । 

राष्ट्रपति कार्यालयद्वारा शुक्रबार सार्वजनिक विज्ञप्तिअनुसार राजनीतिक दल तथा सरोकारवालासँगको परामर्श र युवा पुस्ताले देखाएको आकांक्षा अनुसार संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक ठानेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस र सम्मतिका आधारमा संविधानले प्रदान गरेको अधिकार प्रयोग गरी प्रतिनिधि सभाको अर्को निर्वाचन ६ महिनाभित्र सम्पन्न गर्ने गरी कार्कीलाई जिम्मेवारी दिएको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलको समक्ष नव नियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएको कार्यालयले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्