
रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसलाई उद्धृत भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताएको छ ।
साथै, अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको म्याग्निच्युड ७.४ र गहिराइ ३९.५ किलोमिटर रहेको बताएको छ ।
भूकम्पपछि, प्रशान्त सुनामी चेतावनी प्रणालीले सम्भावित सुनामीको खतरा व्यक्त गरेको छ।
गत महिनाको अन्त्यमा, कामचट्का नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि यस क्षेत्रमा धेरै ठाउँमा सुनामीको छाल उठेको थियो ।
स्थानीय प्रशासन र विपद् व्यवस्थापन टोलीहरूलाई सतर्क गराइएको छ र तटीय क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानहरूमा सर्न सल्लाह दिइएको छ।