
तनहुँमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भानु नगरपालिका-३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका-१२ घर भएका ४१ वर्षीय सुमित साह रहेका छन् ।
उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । सुमितले ती बालिकालाई सोही मेडिकलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।