०५ साउन २०८३, मंगलबार

नेपाल जाने टिकट रद्द नगर्न एनआरएनए पोर्चुगलको आग्रह

असोज ६, २०८२
काठमाडौं
नेपाल जाने टिकट रद्द नगर्न एनआरएनए पोर्चुगलको आग्रह

लिस्बन - हालै लिस्बन विमानस्थलमा भएको एउटा घटनाबारे गलत सूचना फैलिएको भन्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) पोर्चुगलले विज्ञप्ति जारी गरेको छ। संघले पोर्चुगलले नेपाल जान रोकेको नरोकेको र पहिले नै खरिद गरिएको टिकट रद्द नगर्न नेपालीहरूलाई आग्रह गरेको हो ।

संघका अनुसार १७ सेप्टेम्बरमा लिस्बन विमानस्थलबाट नेपाल यात्रा गर्न लागेका एक नेपाली यात्रुको घटनाबारे त्रुटिपूर्ण सूचना बाहिरिएको स्पष्ट पारेको छ । संघले विमानस्थलका अध्यागमन अधिकारीहरूसँग निरन्तर छलफलपछि वास्तविकता बाहिर ल्याउँदै भनेको छ, 'यात्रुको आवास अनुमति रद्द गरिएको होइन, बरू विमान छुटेकै कारण उनी घर फर्कनुपरेको हो ।'

संघका अध्यक्ष सुजन लामा मोक्तानले जारी गरेको विज्ञप्तिमा बोर्डिङ पास लिएर प्रस्थानको छाप लगाइसकेपछि यात्रु विमान गेटमा पुगेका थिए तर, टर्किस एयरलाइन्सको उडान पहिले नै प्रस्थान गरिसकेको थियो । त्यसैले उनी फर्कनुपरेको हो ।

यात्रुको वास्तविक घटनाभन्दा फरक कथा बनाएर पर्यटन व्यवसायी र पोर्चुगलवासी नेपालीहरूलाई त्रसित तुल्याउने प्रयास भएको संघले जनाएको छ । संघले गलत सूचना फैलाउनेलाई सार्वजनिक रूपमा माफी माग्न लगाइने चेतावनी पनि दिएको छ।

एनआरएनए पोर्चुगलले आफ्नो मुख्य उद्देश्य नेपाल जान चाहने यात्रुहरूलाई सहयोग गर्नु, उनीहरूको यात्रा सुरक्षित, सहज र आरामदायी बनाउन योगदान पुर्‍याउनु रहेको स्पष्ट गरेको छ । 'ट्राभल व्यवसायी, नेपाली यात्रुहरू एकार्कामा सहकार्य गर्नुहुन अनुरोधका साथ पोर्चुगलमा स्थापित सबै संघ-संस्था र समाजलाई यस्ता झूटा सन्देश र गलत सूचना फैलाउनबाट टाढा रहन हार्दिक अनुरोध गर्दछौं,' संघले भनेको छ, 'पोर्चुगलवासी नेपालीहरूले टिकेट खरिद गरिसक्नुभएको छ भने यसलाई रद्द नगर्नुहोला, धेरै वर्षपछि तय गरिएको यात्रा सुभ रहुन् ! हामी यस क्षेत्रमा निरन्तर सहयोग गर्नेछौं।' 

प्लेन छुटेका यात्रुको लागि नेपाल जान निःशुल्क टिकटको व्यवस्थासमेत गरिएको छ । एनआरएनए पोर्चुगलको पहलको उनीहरूका लागि सेप्टेम्बर २५ तारिखको लागि एकतर्फी हवाई टिकटको व्यवस्था गरिएको हो ।

यसअघि लिस्बन विमानस्थलबाट केही नेपाली फर्काइएको समाचारहरू आएका थिए । 

यस्तो छ संघले जारी गरेको विज्ञप्ति

null

कमेन्ट गर्नुहोस्