२२ जेठ २०८३, शुक्रबार

निरञ्जना भगवती मन्दिरमा २६८ परिवारले राखे सामूहिक जमरा

असोज ६, २०८२
नुवाकोट
निरञ्जना भगवती मन्दिरमा २६८ परिवारले राखे सामूहिक जमरा

बडादशैँको घटस्थापनाका दिन आज सोमबार नुवाकोटको बेलकोटगढीमा २६८ परिवारले सामूहिक जमरा राखेका छन् । 

बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा बडादशैँका लागि स्थानीय ब्राह्मण, क्षेत्री, आदिवासी–जनजाती र दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेका हुन् । 

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित यस मन्दिरमा सामूहिक जमरा राखिँदै आएकोमा यस वर्ष त्यसलाई निरन्तरता दिइएको मन्दिरका पूजारी भोलाराज पौडेलले जानकारी दिए ।

'यहाँ बसोबास गर्ने सबै जातीका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा सामूहिक जमरा राखेका छौं', उनले भने, 'विजयादशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआराधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिने प्रचलन छ ।'

नुवाकोट नामकरणको आधार मानिएका नौ कोटमध्ये ‘प्रमुख कोट’ बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् वैदिक सनातन परम्पराको लागि महत्त्वपूर्ण मानिन्छ ।

बेलकोटस्थित निरञ्जना भगवती मन्दिरमा पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँ लगायतका ठाँउका स्थानीयले सामूहिक रूपमा जमरा राख्ने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्