०७ साउन २०८३, बिहीबार

दुई महिनामै साढे दुई खर्ब नाघ्यो व्यापार घाटा

असोज ७, २०८२
काठमाडौं
दुई महिनामै साढे दुई खर्ब नाघ्यो व्यापार घाटा

दुई महिनामै देशको व्यापार घाटा साढे दुई खर्ब नाघेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ)मा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्या‌ंकले देखाएको हो ।

भन्सार विभागका अनुसार भदौ महिनासम्म नेपालले कुल ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको भदौ महिनासम्म नेपालले २ खर्ब ६२ अर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको थियो ।

दुई महिनामा नेपालको निर्यात ८८ प्रतिशतले बढेको छ । भदौ महिनासम्म नेपालले कुल ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८८.५७ प्रतिशतले बढी रहेको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्