०५ साउन २०८३, मंगलबार

सिङ्गापुरको मुद्रास्फीति दरमा कमी

असोज ७, २०८२
काठमाडौं
सिङ्गापुरको मुद्रास्फीति दरमा कमी

सिङ्गापुरमा वार्षिक आधारमा मापन हुने मूल्य वृद्धि (मुद्रास्फीति) दर अगस्ट महिनामा ०.३ प्रतिशतमा झरेको छ, जुन जुलाई महिनाको ०.५ प्रतिशतभन्दा कम हो । यो तथ्य सरकारी तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको हो ।

व्यापार तथा उद्योग मन्त्रालय र सिङ्गापुरको मौद्रिक प्राधिकरणले संयुक्त विज्ञप्तिमा सेवासम्बन्धी मूल्य वृद्धिमा भएको कमीले कुल मूल्य वृद्धिलाई कम गरेको बताएको छ ।
महिनाका आधारमा मूल्य सूचकाङ्कमा ०.१ प्रतिशतको  वृद्धि देखिएको छ । यस सूचकाङ्कले आवास र निजी यातायात खर्चलाई बाहिर राखेर उपभोक्तामाझ मागमा आधारित मूल्य वृद्धिलाई मापन गर्छ ।

अगस्ट महिनामा वार्षिक आधारमा यो ०.५ प्रतिशत पुगेको छ, जुन जुलाईको ०.६ प्रतिशतभन्दा कम हो । विज्ञप्तिमा मूल मूल्य वृद्धि घट्नुका साथै आवाससम्बन्धी मूल्य वृद्धि पनि घटेको उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्