
दाङमा ५७ वर्षीया श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
श्रीमती लीला पुनको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका- ३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुकरामले लीलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।