
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रूपैयाँ २१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रूपैयाँ ४० पैसा र बिक्रीदर १६७ रूपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रूपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रूपैयाँ ४६ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १७८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रूपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रूपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रूपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रूपैयाँ चार पैसा र बिक्रीदर १०२ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिदर ११० रूपैयाँ र बिक्रीदर ११० रूपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ८७ पैसा र बिक्रीदर १९ रूपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रूपैयाँ दुई पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ४२ पैसा र बिक्रीदर चार रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रूपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ११ पैसा र बिक्रीदर १० रूपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ आठ पैसा र बिक्रीदर १५ रूपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ २९ पैसा र बिक्रीदर २२ रूपैयाँ ३९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २१ पैसा र बिक्रीदर १८ रूपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रूपैयाँ ७५ पैसा र बिक्रीदर ४६६ रूपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७७ रूपैयाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुयैयाँ ८० पैसा र बिक्रीदर ३६८ रूपैयाँ ३६ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।