
नवलपरासी पूर्वमा ३७ वर्षीया श्रीमती संगीता पौडेल पाण्डेको हत्या गरेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कावासोती नगरपालिका- ८ सगरमाथा टोल बस्ने ४२ वर्षीय सूर्यप्रसाद पाण्डे छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सूर्यप्रसादले घरायसी विवादका क्रममा चक्कु प्रहार गर्दा संगीता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले संगीतालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।