२८ असार २०८३, आइतबार

भक्तपुर प्रहरीले पक्राउ गर्‍यो फरार २० कैदीबन्दी

असोज ९, २०८२
काठमाडौं
भक्तपुर प्रहरीले पक्राउ गर्‍यो फरार २० कैदीबन्दी

जिल्ला प्रहरी परिसर भक्तपुरले फरार रहेका २० जना कैदीबन्दीलाई पक्राउ गरेको छ ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

उनका अनुसार एक महिला र १९ पुरुष कैदीबन्दीलाई पक्राउ गरिएको हो । उनीहरूलाई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा बुझाइएको डीएसपी नेउपानेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्