
नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘डिजिटल वालेट’मा हुने दैनिक कारोबारको संख्या बढाएको छ ।
चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने सङ्ख्यालाई बढाएर ४० पुर्याइएको राष्ट्र बैंकले जनाएको छ। यसअघि वालेटहरूमा दैनिक १० पटक मात्रै रकम जम्मा गर्न सकिने प्रावधान थियो ।
राष्ट्र बैंकका अनुसार दशैं–तिहार र छठसम्म अब सेवाग्राहीले दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सक्ने छन् ।
अब सेवाग्राहीले दशैंको अवसरमा असोज १३ देखि असोज २१ गतेसम्म, तिहार र छठका अवसरमा कात्तिक ३ देखि कात्तिक १० गतेसम्मका लागि व्यक्तिको वालेटमा दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सक्ने छन् ।
यस अवधिभर भएको कारोबारको सङ्ख्या र कारोबारको कुल रकम केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागमा जानकारी गराउन पनि भुक्तानी सेवा प्रदायकलाई संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ।