०७ साउन २०८३, बिहीबार

पुटिनको प्रशंसाः मोदीको नेतृत्वमा भारतले उच्च आर्थिक वृद्धि हासिल गरिरहेको छ

असोज ११, २०८२
काठमाडौं
पुटिनको प्रशंसाः मोदीको नेतृत्वमा भारतले उच्च आर्थिक वृद्धि हासिल गरिरहेको छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हालै टेलिफोनमा कुराकानी गर्दै मस्को–नयाँदिल्ली सम्बन्धको बलियो र समय–परीक्षित स्वरूपलाई पुनः दोहोर्‍याएका छन् । 

क्रेमलिनको आधिकारिक वेबसाइटका अनुसार पुटिनले सरकारका सदस्यहरूसँगको बैठकमा यी आदानप्रदानको विवरण सार्वजनिक गरेका हुन् । 

पुटिनले भारत–रुस सम्बन्धलाई स्थिर र ‘राष्ट्रिय सहमतिमा आधारित’ भन्दै प्रशंसा गरे । उनले प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले शासन, नीतिगत स्वतन्त्रता र आर्थिक विकासमा गरेको उल्लेखनीय प्रगतिलाई विशेष जोड दिए । 

“प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले पूर्ण रूपमा स्वतन्त्र र सार्वभौम नीति अपनाइरहेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, आर्थिक क्षेत्रमा निकै राम्रो उपलब्धि हासिल गरेको छ । विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये भारतले हाल उच्चतम आर्थिक वृद्धि दर प्रदर्शन गरिरहेको छ”, पुटिनले भने ।

टिभी ब्रिक्सका अनुसार पुटिनले मोदीलाई ७५औँ जन्मदिनको अवसरमा बधाई टेलिग्राम पठाएपछि दुवै नेताबीच फोन वार्ता भएको हो । सन्देशमा उनले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन मोदीले दिएको व्यक्तिगत योगदानको प्रशंसा गरेका थिए । 

“तपाईं (नरेन्द्र मोदी) ले हाम्रो विशेष विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सबल बनाउन र विभिन्न क्षेत्रमा पारस्परिक फाइदाका लागि रूसी–भारतीय सहयोग विकास गर्न ठूलो योगदान दिनुभएको छ”, पुटिनले भने । 

रुसी राष्ट्रपतिले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय एजेन्डाका सामयिक विषयहरूमा ‘रचनात्मक संवाद र संयुक्त कार्य निरन्तर जारी रहने’ विश्वास पनि व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्